Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Thursday, November 03, 2022

लोसपा र नेकाका संयुक्त उम्मेदवार राजेन्द्र महतो र जंगीलाल राय मत माग्दै जनताको घरदैलोमा


सर्लाही, १७ कात्तिक । सर्लाहीको पर्सा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेपाली कांग्रेस पार्टीका साझा उम्मेदवार प्रतिनिधि सभा पदका उम्मेदवार राजेन्द्र महतो र प्रदेश सभा सदस्य पदका उम्मेदवार जंगीलाल राय मत माग्दै जनताको घर घरमा पुग्नु भएका छन् । 

पर्सा गाउँपालिकामा विहिवार जनताको घर-घरमा पुगेर महतो र रायले मत माग्नु भएको हो । 

पर्सा गाउँपालिका अन्तरर्गत पर्ने शितलपुर, संग्रापुर, नारायणपुर, जिंगरवा र कविलासीमा जनताको घर-घरमा पुगेर दुबै जना उम्मेदवारले मत माग्नु भएका छन् ।  

नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका महेन्द्र राय यादवले नेकपा माओवादी पार्टीका चुनाव चिन्ह हसिया हथौडा भाडामा लिई जनताको आँखामा छरा हाल्ने काम गरेको नेताद्वयले बताउनुभयो । 

महेन्द्र राय यादव यस क्षेत्रबाट पटक-पटक चुनाव जिते पनि जनताको अपेक्षा अनुसार कुनै विकासको कार्य नगरेकाले आफुहरु निर्वाचित भएपछि जनतको चाहना अनुरुप काम गर्ने नेता द्वय महतो र रायले प्रतिवद्धता जनाउनुभयो । 

घरदैलो कार्यक्रममा लोसपा र नेपाली कांग्रेसका कार्यकर्ताहरु तथा आम जनताहरु उत्साह पूर्वक उल्लेख्य संख्यमा सहभागी भएको थियो ।




No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets