Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Monday, October 10, 2022

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वारा सर्लाही २ मा उम्मेदवारी दर्ता

सर्लाही, २४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही क्षेत्र नम्बर २
मा उम्मेदवारी दर्ता गराउनुभएको छ । 

आईतवार नेता महतो मुख्य निर्वाचनको कार्यालय मलंगवामा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । 

यसअघि २०७४ सालको चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएका महतो आफ्नै गृह जिल्ला सर्लाहीको पुरानो क्षेत्र २ बाट उम्मेदवारी दर्ता गराउनुभएका छन् । 

सत्ता गठबन्धनमा सामिल भएको लोसपा पार्टीका उम्मेदवार महतोसंग सर्लाही २ मा मित्रवत् प्रतिस्प्रधा हुने भएको छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादीको चुनाव चिन्हबाट सर्लाही २ मा  महेन्द्र राय यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

राजेन्द्र महतोसंग क्षेत्र नम्बर २ को ‘क’ बाट नेपाली काँग्रेसको तर्फबाट जंगीलाल राय, प्रदेश ‘ख’ बाट लोसपाको तर्फबाट मेथुर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

त्यस्तै महेन्द्र राय यादवसँग प्रदेश सभा (क)मा नेकपा माओवादीको सुनिल साहले उम्मेदवारी दिनुभएको छ भने ‘ख’ बाट नेपाली कांग्रेसका कौशल किशोर यादवले उम्मेदवारी दर्ता गराउनुभएको  छ । 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets