Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Friday, January 14, 2022

सहारा मल्टिपर्पस को–आँपरेटिभ सोसाईटी लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न


सर्लाही, ३० पुस । सहारा मल्टिपर्पस को–आँपरेटिभ सोसाईटी लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज शुक्रवार मलंगवामा एक समारोहका बीच सम्पन्न भएको छ । 

साधारण सभामा संस्थाका अध्यक्ष वसी अहम मिकरानीलले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९÷०८० को अनुमानित वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।  

अध्यक्ष मिकरानीले साधारण सभामा प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुँजी ४ करोड ५९ लाख ७ हजार ५ सय रुपैया रहेको छ । त्यस्तै संस्थाको कुल निक्षेप रकम ६७ करोड ५ लाख २५ हजार १ सय २६ रुपैयाँ रहेको छ भने संस्थाको ऋण लगानी ५१ करोड ६३ लाख ५५ हजार ३ सय ५२ रुपैया रहेको छ । संस्थाले २१ लख १५ हजार ९ सय ३० रुपैया नाफा आर्जन गरेको अध्यक्ष मिकरानीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सहारा मल्टिपर्पस को–आँपरेटिभ सोसाईटी लिमिटेड प्रधान कार्यालयले मलंगवामा सहारा डिपार्टमेन्ट स्टोर संचालन गरी सेवा प्रदान गरिदै आएको र आउने दिनमा अन्य शाखामा समेत  डिपार्टमेन्ट स्टोर संचालन गरिने उहाँले उद्घोष गर्नुभएको थियो । 

साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । राम्रो कार्य सम्पादन गर्ने शाखा, कर्मचारी, फिल्ड कार्यकर्ता, असल ऋणि, बचत कर्ता, संचारकर्मी लगायत विभन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा संचालक समितिका सदस्य, व्यापारी प्रतिनिधि, संचारकर्मी, शेयर सदस्य, संस्थका कर्मचारी लगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । 

यसैबीच संस्थाका अध्यक्ष वसी अहम मिकरानीको अध्यक्षतामा भएको बन्द सत्रबाट संचालक समिति तथा लेखा समिति निर्वाचन प्रक्रियाद्वारा सर्वसहमतीमा चयन गरिएको संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिनुभयो । 

संस्थाको अध्यक्षमा पुनः वसी अहमत मिकरानी  चयन गरिएको उहाँले जानकारी दिनुभयो । 






 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets