Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Sunday, December 05, 2021

गोडैतामा मनाईयो १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस


सर्लाही, १९ मंसिर ।  “स्वास्थ्य जिवन शैली हाम्रो आवश्यकता ,संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’’ भने नाराका साथ गोडैता नगरपालिकामा आईतवार एक कार्यक्रमका बीच १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ  । 

गोडैता नगरपालिकाका स्वास्थ्य शाखाको आयोजनामा गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा दिवस मनाईएको हो । गोडैता नगरपालिकाको १२ वटा वडामा कार्यरत ९१ जना  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिवसको अवसरमा सम्मानित गरेको स्वास्थ्य संयोजक प्रमोद पण्डितले जानकारी दिनुभयो । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । 

आफुहरुले गर्ने काम अनुसार उचित सेवासुविधा नपाएको स्वास्थ्य स्वयंसेविकाहरुले गुनासो गरेका थिए । आफूहरुको कामको तुलनामा पाउने सुविधा निकै कम भएको भन्दै राज्यले बेवास्ता गरेको गुनासो गरेका  थिए । साथै उनिहरुले कार्यक्रम मार्फत  टाढा रहेका ठाउँमा समयमा पुगेर छिटोछरितो सेवा प्रदान गर्न आफुहरुलाई साइकलको व्यवस्था गरिदिनु पर्ने समेत माग गरेका थिए ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी ,स्वास्थ्यकर्मी, स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।








No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets