Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, October 30, 2021

शिक्षा इकाइ सर्लाहीमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायालाई स्वागत र सम्मान


सर्लाही, १३ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादवलाई शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले स्वागत तथा सम्मान गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको विशेष आमन्त्रणामा शनिवार इकाइको अवलोकन र सर्लाहीको शैक्षिक अवस्था बुझ्न पुग्नु भएका राज्यमन्त्री यादवलाई फुल, माला, अविर र सल ओढाएर सम्मान गरेको छ ।

सो अवसरमा निमित्त इकाइ प्रमुख रामअधार सिंह कुशवाहाले सर्लाही जिल्लाको शैक्षिक चिनारी सहितको वर्तमान शैक्षिक अवस्था सम्बन्धी विषयवस्तु प्रस्तुतिकरण गर्नु भएको हो ।

प्रस्तुतिकरणको क्रममा जिल्लाको संक्षिप्त परिचय, देशको शैक्षिक सूचकांकमा सर्लाहीको अवस्था, विद्यालयमा अध्ययनरत विद्यार्थी  र कार्यरत मौजुदा शिक्षक संख्या, जिल्लालाई आवश्यक थप शिक्षक दरबन्दी, इकाइको सीमित अधिकार र जिम्मेवारीका बीच देखिएको समस्या र मन्त्रालयबाट गरेको अपेक्षा, बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक कर्मचारी र विदालय सहयोगीको तलबभत्तामा एकरूपता ल्याउन थप स्पष्टता सहितको  निर्देशन, शिक्षक नियुक्ति र सरूवा÷ काज सम्बन्धी अधिकार एवं जिम्मेवारी, संघीय शिक्षा ऐनको अपरिहार्यता, विधालय सञ्चालनको अवस्था, शिक्षक दरबन्दी मिलानको अवस्था र उपलब्धि, छात्रवृत्ति रकम लगायतको विषयवस्तु इकाइले उठान गर्दै समाधानका लागि उपयुुक्त विकल्प  सुझाएको छ ।

राज्यमन्त्री यादव जिल्लाको शैक्षिक चिनारी सहितको अवस्था पत्रमा उल्लेख गरिएको विषयवस्तु सम्बन्धी मन्त्रालयमा छलफल गरी निकासको लागि विशेष पहल गर्ने बताउनुभयो । उहाँले शिक्षाको समस्या बुझ्दै गएको र सुधारको लागि कडीको रूपमा हेरिएको स्पष्ट नीति सहितको संघीय शिक्षा ऐन चाडै जारी हुने बताउनुभयो । उहाँले सर्लाही इकाइको समस्या समाधानका लागि आफू इमानदारीपूर्वक पहल गर्ने बताउनु भएको छ ।

सोही अवसरमा सिटिइभिटी, मलंगवा, सर्लाहीका प्रमुख मकेश्वर सिंहले सिटिइभिटी मलंगवाले गरेको उपलब्धि, देखिएको समस्या र समाधानका लागि अपेक्षा सहितको कार्यपत्र बुझाउनु भएको थियो ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादव, प्रदेश नं.२ का वाइसीएल इन्चार्ज शंकर महतो, नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य जितेन्द्र महतो, सिटीइभिटी मलंगवाका प्रमुख मकेश्वर सिंह, राज्यमन्त्रीको निजी सचिव रामएकवाल महरा, प्रधानाध्यापक, शिक्षक, पत्रकार र इकाइको कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।

सो अवसरमा स्वागत मन्तव्य निमित्त इकाइ प्रमुख रामअधार सिंह कुशवाहाले राख्नु भएको थियो भने कार्यक्रम संचालन प्राविधिक सहायक सुनिल कुशवाहाले गर्नु भएको थियो ।




No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets