Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, October 30, 2021

बिष्णुका जसपा नेता अरबिन्द सिंह लोसपामा प्रवेश



सर्लाही  १३ कार्तिक । तत्कालीन संघिय समाजवादी पार्टीका बिष्णु गाउँपालिका प्रत्याशी अरबिन्द सिंह उर्फ भिमगज लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएका छन् । 

बिष्णु गापा, सर्लाहीको बेलबा बिर सिंहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालद्वारा आयोजित शुभकामना आदान प्रधान एंव पार्टी प्रवेश कार्यक्रममा अरबिन्द सिंह उर्फ भिमगज पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको हाथबाट सदस्यता लिनुभएको छ । सिंह तत्कालीन संघिय समाजवादी पार्टीबाट बिष्णु गापाको अध्यक्ष पदको उम्मेदवार रही निकटतम प्रतिद्वंद्वी रहनुभएको थियो । सिंह गाउँपालिका अध्यक्षमा झिनो मतले पराजित हनुभएको थियो । हाल सिंह जसपामा रहनुभएको थिया । सिंह सहित करिब १००० को संख्यामा लोसपा प्रवेश गर्नुभएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी अरविन्द सिंहले जसपा आफ्नो मुद्दाबाट भट्किएर सत्ता र भत्तामा रमाईरहेको आरोप लगाउनुभयो । 

कार्यक्रम स्थानिय शिवचन्द्र सिंहको अध्यक्षता तथा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा पूर्वमन्त्री चन्दा चौधरी, लोसपा नेता प्रदिप नारायण यादव, संबिधान सभा सदस्य केदार नन्दन चौधरी, प्रदेश सभा सदस्य उपेन्द्र महतो, लोसपा क्षेत्र न ४ का प्रतिनिधि सभा प्रत्याशी राकेश मिश्रा, लोसपाका केन्द्रीय नेता अरूण कुमार सिंह, श्याम बाबू सिंह, लाल बिहारी यादव, राम किशोर सिंह, पार्टी जिल्ला संयोजक एवं कौडेना गापा अध्यक्ष राम प्रसाद राय, गोडैता नपा प्रमुख देवेन्द्र यादव, ब्रह्मपुरी गापा अध्यक्ष बिनोद साह, नागेश्वर महतो, उदय किशोर तिवारी, मनिष मिश्रा, अलख प्रसाद सिंह, देवी सिंह, रघुनाथ राउत, दिगेश्वर नायक, महेश पासवान, बेचन महतो, मुकेश ठाकुर, प्रकाश गुप्ता, शिवाजी राउत लगायत लोसपाका नेता र स्थानियहरूको उपस्थित रहेको थियो ।


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets