Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, October 30, 2021

अब देशमा राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्छ : राजेन्द्र महतो


सर्लाही, १३ कात्तिक । नेपालमा अब राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने समय आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता पूर्व उप्रधानमन्त्री राजेन्द्र महतोले बताउनुभएको छ ।  

लोसपा नेपालले शुक्रवार सर्लाहीको ब्रहम्पुरी गाउँपालिकामा  दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान एवम् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतो देशमा शोसन उत्पीडनमा परेका सबैवर्ग मिली राष्ट्रिय मुक्तिको आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । मधेशी, थारु, दलित र जनजाती लगायत अधिारबाट बञ्चित गरिएका सबै मिलि अलग अलग नभएर एकै ठाउँबाट आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि तयारीमा जुट्न नेता महतोले कार्यकर्तालाई आग्रह गर्नुभयो ।  

‘यहाँ सेटिङ्गमा न्यायालय चलेको छ’,– उहाँले भन्नुभयो ‘नेपालमा प्रधानन्यायाधीशलाई पनि भागबण्डा र मन्त्री चाहिएको छ ।’ यहाँ वकिल बीच कुटाकुट भईरहेको छ यो सबै घटनाले न्यायालयको बारेमा छलंङ्ग भएकोे बताउनुभयो ।   

नेपाल यस्तो देश जहाँ न्यायालय र देश सेटिङ्गबाट चलीरहेको सभालाई सम्बोधन गर्दै महतोले बताउनुभयो । शासंक वर्गद्वारा यहाँ अपराध भईरहेको उहाँले आरोप लगाउनुभयो ।  

जनता अधिकार माग्दा यहाँ गोली खानुपरेको लोसपा नेता महतोले बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद कुमार साह ब्रहम्पुरी गाउँपालिकालाई धुवा मुक्त गर्ने घोषणा गर्नुभएको छ । त्यसको लागि गाउँपालिकाको ‘जनजन–धनधन’ योजना मार्फत ग्यास चुलहो, इण्डक्सन चुल्हो र  रकेट चुल्हो वितरण गरिने जानकारी दिनुभयो । त्यस्तै खानेपानीको लागि हैण्ड पाईप वितरण र किसानलाई सिचाईमा सहजताको लागि कृषि विद्युतिकरण, स्यालो ट्यूवेल, मोटर पम्प वितरण गर्ने गाउँपालिका अध्यक्ष साहले बताउनुभएको छ । केही दिन भित्रै यो सबै काम सुरु गरिने उहाँले बताउनुभयो । 

प्रदेश सांसद गौरीनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री चन्दा चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल, प्रदेश सांसद उपेन्द्र महतो, अभिराम शर्मा, रानी तिवारी शर्मा, लोसपा नेता राकेश मिश्र, जिल्ला संयोजक रामप्रसाद राय, मेयर देवेन्द्र कुमार यादव, गाउँपालिका अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष द्वय गितादेवी यादव, बिनादेवी साह लगायत नेता कार्यकर्ता तथा सर्व सधारणहरुको उल्लेख संख्यामा सहभागीता रहेको थियो । 

जसपाका क्षेत्रिय अध्यक्ष लोसपमा प्रवेश 

जनता समाजवादी पार्टी नेपालका सर्लाही क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष गौरी किशोर राय यादव लोसपा नेपालमा  प्रवेश गर्नुभएको छ । यादवसंगै करिब ५०० सय जनाले जसपा पार्टी प्रत्याग गरी लोसपमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष लोसपा नेता बिनोद कुमार साहले जानकारी दिनुभयो । त्यस्तै नेपाली काँग्रेस पार्टी प्रत्याग गरी अमिन साफी लोसपामा प्रवेश गर्नुभएको छ । 





No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets