Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Friday, October 29, 2021

अधिकारको अन्तिम लडाईको लागि छठी माईसंग शक्ति प्राप्तीको लागि ब्रदान माग्नुपर्छ : राजेन्द्र महतो


सर्लाही, १२ कात्तिक । मधेशी, थारु, दलित जनजाती लगायत अधिकारबाट बञ्चितिकरणमा पारिएका  सबै मिलि अधिकार प्राप्तीको लागि अन्तिम लडाई लड्नुपर्ने समय आएको  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतोले बताउनुभएको छ । 

सर्लाहीको ईश्वरपुर नगरपालिकामा बिहिवार आयोजित शुभकामना अदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतो अधिकारको लागि लडिने अन्तिम लडाईको लागि छठी माईसंग शक्ति प्राप्तीको ब्रदान माग्न कार्यकर्तासंग आग्रह गर्नुभयो । 

चुनाव र अधिकार प्रप्तीको लागि दुवै लडाई लड्नको लागि तयारीमा जुट्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । संघर्षको दुईवटा रुप  एउटा चुनाव अर्को सडक संघर्ष दुवैका लागि तयार गर्न उहाँले कार्यकर्तालाई भन्नुभयो । 

इश्वरपुरका लोसपा नेता गौरी शंकर साह रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद गौरीनारायण साह, उपेन्द्र महतो, पार्टी नेता अरुण कुमार सिंह राकेश मिश्र, लालबिहारी राय, श्यामबाबु सिंह,  जिल्ला संयोजक रामप्रसाद राय, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, गोडैता नगरप्रमुख देवेन्द्र कुमार यादव, लोकतान्त्रिक प्रध्यापकसंघका केन्द्रिय अध्यक्ष उदय किशोर तिवारी,  पार्टीका युवा नेता मनिष मिश्रा, हुसेन खान, सुनिल साह, महिला नेतृ लक्ष्मी सिंह दनुवार, ब्रहम्पुगरी गाउँपालिका उपाध्यक्ष गितादेवी यादव, चन्द्रनगर गाउँपालिका उपाध्यक्ष बिनादेवी साह, बरहथवाका युवा नेता प्रमोद गुप्ता, बलरा नगरपालिका वडा अध्यक्ष केदार नन्दन सिंह, कौडेनाका वडा अध्यक्ष प्रभु चौधरी, विद्यार्थी नेता युवा नेता मुकेश यादव लगायतका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।  




No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets