Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, April 01, 2023

रामबनमा सावर्जनिक बाटो अवरुद्ध

सर्लाही, १८ चैत । गोडैता नगरपालिका–५, रामबनमा बाटो विवादका कारण सार्वजनिक बाटो नै अवरुद्ध गरिएको छ । बिगत दुई वर्षदेखि उत्पन्न सडक बिवाद समाधानमा सम्बन्धित निकाय ध्यान नदिदा आज शनिवार बिहानदेखि सार्वजनिक बाटो अवरुद्ध गरिएको हो । स्थानीय संजय कुमार साहले सार्वजनिक बाटोलाई आफ्नो निजी बाटो रहेको भनेर बाटोमै गोबरलगायतका फोहोर थुपारेर राखेको र अवरुद्ध गर्ने थालेपछि त्यसको विरुद्धमा पूर्व वडा अध्यक्ष सुनिल प्रसाद रस्तोगी, प्रेम शंकर रस्तोगी, मनोज चौधरी, कृष्ण मुरारी गुप्ता लगायतले सार्वजनिक बाटो अवरुद्ध गरेका छन् ।
बाटो अवरुद्धका कारण स्थानीयवासीहरुलाई आवागमनमा समस्या हुँदै आएको छ । बाटो समस्या समाधानका लागि न्यायिक समितिमा पटक पटक उजुरी दिवेदन दिदा पनि नगरपालिकाबाट कुनै ठोस पहल नभएको स्थानियहरुको आरोप रहेको छ । बाटोको अवरुद्ध हटाउनका लागि आईतवार बिहान सर्वदलिय बैठक बोलाईएको गोडैता–५, रामबनका वडा अध्यक्ष प्रकाश गुप्ताले जानकारी दिनुभयो । साथै आईतवार नै डोजरबाट बाटोको सरसफाई पनि गरिने उहाँले जानकारी दिनुभयो ।

No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets