Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Sunday, September 05, 2021

बलरा नगरपालिकाका नगर प्रमुख अभय सिंह सहित ३६ जना जनप्रतिनिधिद्वारा लोसपाको पक्षमा सनाखत



सर्लाही, २० भदौ । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख मेयर अभय  सिंह सहित आज आईतवार ३६ जना जनप्रतिनिधिले जनता समाजवाटी पार्टी प्रत्याग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् । 

योसंगै सर्लाहीमा पाँच जना पालिका प्रमुखले लोसपाको पक्षमा सनाखत गरेका छन् । यसअघि बलरा नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव, कौडेना गाउँपालिका अध्यक्ष  रामप्रसाद राय, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो र ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद कुमार साह लोसपाको पक्षमा सनाखन गर्नुभएको छ । 

बलरा नगरपालिकामा तत्कालिन राजपाबाट निर्वाचित ३७ जना मध्ये ३६ जनाले आज आईतवार जिल्ला निर्वाचन कार्यालय मलंगवा सर्लाहीमा पुगेर सनाखत गरेको मेयर अभय सिंहले जानकारी दिनुभयो । 

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि जसपाबाट छुटिएर बनेको लोसपा रोज्न निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई २२ भदौसम्म समय दिएको छ । 

सर्लाहीको विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरु लोसपाको पक्षमा सनाखत गर्ने क्रम जारी रहेको लोसपाका  नेता नागेश्वर महतोले जानकारी दिनुभयो । आईतवार गोडैता, ईश्वरपुर र चन्द्रनगरका वडा अध्यक्ष सदस्य लगायतका जनप्रतिनिधिले निर्वाचन कार्यालय मलंगवमा लोसपाको पक्षमा सनाखत गरेको उहाँले बताउनुभयो ।  




   


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets