Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Wednesday, September 15, 2021

जनशक्ति युवा क्लवद्वारा शैक्षिक सामाग्री वितरण



सर्लाही, ३० भदौ । राष्ट्रिय बालदिवसको अवसरमा चक्रघट्टा गाउँपालिकाको वडा नम्बर ५ पडरियामा जनशक्ति युवा क्लवले शैक्षिक सामाग्री वितरण गरेका छन् । 

५७ औ राष्ट्रिय बालदिवसको अवसरमा मंगलवार क्लवले कार्यक्रमको आयोजना गरी पडरिया स्थित रहेको जनता माध्यमिक विद्यालय, होस्टे हैसे जनता प्राथमिक विद्यालय र एक निजि विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । तीनटै विद्यालयका करिब ९५० जना छात्र–छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको जनशक्ति युवा क्लवका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिनुभयो । 

विभिन्न व्यक्ति तथा संस्थाका सदस्यहरुले गरेको आर्थिक सहयोगबाट काँपी, डट लगायतका शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो । 

जनता मावि पडरियामा ४ सय, होस्टे हैसे जनता प्राविमा ३५० र सनराईज इंग्लिस बोर्डिग स्कूलका २०० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । 

शैक्षिक सामाग्री वितरण कार्यक्रममा जनता माविका प्रधानाध्यापक, देवधरी यादव, होस्टे हैसे जनता प्राविका प्रधानाध्यापक रामनारायण मण्डल, क्लवका सचिव बलराम प्रसाद साह र  कोषाध्यक्ष संजीव चौधरी लगायत शिक्षक, विद्यार्थी तथा विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । 

साथै दिवसको अवसरमा मनोरंजनात्क कार्यक्रमको आयोजना समेत गरिएको थियो । 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets