Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, September 04, 2021

मलंगवा अस्पतालका बिरामीहरुलाई फल फुल तथा मास्क वितरण


सर्लाही, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियनले आप्mनो स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल मलंगवामा फलफुल तथा मास्क वितरण गरेको छ । 

३१ औ स्थापना दिवसको अवसरमा मलंगवा अस्पतालका प्रमुख नवल किशोर झाको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन सर्लाहीका अध्यक्ष कपिलदेव साहको अध्यक्षतामा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई आज बिहान फलफुल वितरण गरिएको हो । 

नेपाल निजामती कर्मचारी युनियनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । दिवसकै अवसरमा आज मलंगवा अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीहरूलाई फलफुल तथा मास्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति सर्लाहीका सदस्य शैलेन्द्र कुमार महतोले जानकारी दिनुभयो । 

फलफुल तथा मास्क वितरण कार्यक्रममा निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य राम किशोर साह , उपाध्यक्ष मीन बहादुर चौधरी, रामदुलार साह, सचिव युगल किशोर साह कोषाध्यक्ष प्रमोद चौधरी , सहसचिव संजित कुमार राय लगायतको सहभागीता रहेको थियो । 







No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets