Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Friday, September 03, 2021

लालबन्दीबाट पेस्तोल र ५ राउण्ड गोली बरामद्



सर्लाही, १८ भदौ । सशस्त्र प्रहरीले लालबन्दीबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले सुक्रवार बिहान ५ः३० बजेतिर लालबन्दी नगरपालिका–५, स्थित रेल्वे ट्रयाकबाट हतियार बरामद् गरेको हो ।

गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश नं. २–०२–००४ प ७७५७ नम्वरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएका र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा कपडाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद् भएको हो । बरामद् भएको हतियार र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets