Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, September 25, 2021

नवगठित लोसपाद्वारा सर्लाहीमा सदस्यता वितरणमा तिव्रता


सर्लाही, ९ असोज । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सर्लाहीमा सदस्यता वितरणमा तिव्रता दिएको छ । 

सर्लाहीको गोडैता, बलरा र बरहथवा नगरपालिकामा लोसपाले सदस्यता वितरण गरेको हो । 

लोसपा नेता एवम् सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा प्रत्यासी राकेश मिश्राले बरहथवा नगरपालिका वडा नम्बर १ र २ हजरियामा सदस्यता वितरण गर्नुभएको छ । सदस्यता वितरण कार्यक्रममा लोसपाका सर्लाही जिल्ला संयोजक कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद राय, लोसपाका युवा नेता मुकेश यादव लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । बरहथवामा बद्री सहनी र सुशिल माझीको अध्यक्षतामा वाड समिति गठन गरिनुको साथै सयौं व्यक्तिलाई सदस्यता वितरण गरिएको लोसपा सर्लाहीले जनाएको छ । 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets