Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Wednesday, October 27, 2021

सर्लाहीको बलरा नगरपालिकामा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण



सर्लाही, १० कात्तिक । सर्लाहीको बलरा नगरपालिकामा मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण तथा गजेन्द्र नारायण सिंह स्मृति पार्कको समुदघाटन गरिएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर एंव वरिष्ठ नेता पूर्व उप्रधामन्त्री राजेन्द्र महतो, पार्टी नेता अनिल झाको विशेष उपस्थितिमा आज एक समारोहका बीच स्व. गजेन्द्र नारायण सिंहको प्रतिमा अनावरण गर्नुभएको हो । 

बलरा नगरपालिका वडा नम्बर ९ स्थित गजेन्द्र नारायण स्मृति पार्कको निर्माण गरिएको छ । 

बलरा नगरपालिकाका प्रमुख अभय कुमार सिंहको अध्यक्षतामा  भएको कार्यक्रममा संबिधान सभा सदस्य केदारनन्दन चौधरी, प्रदेश सभा सदस्य डिम्पल झा, उपेन्द्र महतो, गौरी नारायण साह,  निलम देवी, केन्द्रीय नेतागण, पार्टीका जिल्ला संयोजक राम प्रसाद यादव, राकेश मिश्रा  गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादव लगायत स्थानिय जनप्रतिनिधी, लोसपाका नेता– कार्यकर्ता, स्थानियवासी लगायतको उपस्थित रहेकोथियो । कार्यक्रमको उद्घोषण लोसपा नेता नृपेन्द्र सिंहले गर्नुभएको थियो । 

बलरा नगपालिकाको सहयोगमा पार्क निर्माण गरिएको छ ।  पार्कको लागि स्थानिय मुनिल कुमार सिंहले ५ कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । 





No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets