Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, September 25, 2021

बलरा तथा गोडैतामा लोसपाको सदस्यता वितरण



सर्लाही, ९ असोज । बलरा र गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को सदस्यता वितरण गरिएको छ । 

पूर्व सांसद केदार नन्दन चौधरीको प्रमुख आतिथ्यमा बलरा नगरपालिकाको गडहीया र गोडैता नगरपालिकाको मधुवनीमा लोसपाको सदस्यता वितरण गरिएको हो । 

सदस्यता वितरण कार्यक्रममा लोसपाका सर्लाही जिल्ला संयोजक रामप्रसाद राय, बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह, लोसपा नेता अलख सिंह, डुमरियाका वडा अध्यक्ष अवधेश मण्डल गडहियाका वडा अध्यक्ष रवि साह लगायत दुवै ठाउँमा लोसपाको स्थानिय कार्यकर्ताहरुको ठूलो संख्यामा सहभागीता रहेको थियो ।  

गोडैता नपा–१२ मधुवनीमा केशव कुमार यादवको नेतृत्वमा करिब ५ सय जनाले लोसपाको सदस्यता लिएको छ । त्यस्तै  बलरा नगरपालिकाको वडा नम्बर ७ र ८ गडहिया र डुमरीयामा करिब ४ सय जनालाई सदस्यता प्रदान गरिएको लोसपा जिल्ला कार्यसमिति सर्लाहीले जनाएको छ ।  












No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets