Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Tuesday, August 24, 2021

सर्लाही प्रहरीद्वारा प्रियंका भुजेल हत्याका अभियुक्त सार्वजनिक


 प्रियंका भुजेल हत्या अभियोगमा पक्राउ परेका कृष्ण साह र अनिष दाहाल ।


सर्लाही, ८ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजकी १४ वर्षीया बालिका प्रियंका भुजेलका हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जबर्जस्ती करणी गरी हत्या गर्ने सोही स्थानका १९ वर्षीय कृष्ण साह र अन्दाजी १९ वर्षीय अनिष दाहाललाई प्रहरीले पत्रकार सम्मलेन गरेर सोमवार साँझ सार्वजनिक गरेको हो । 

प्रियंका भुजेल हत्याका प्रकरणलाई लिएर विभिन्न राजनीतिक दलका भातृ संस्था र अधिकारकर्मीले हत्या प्रकरणका दोषीलाई पक्राउ गरि सत्य तथ्य सार्वजनिक गर्न दवाव मुलक कार्यक्रमहरु गरिरहदा सोमवार सर्लाही प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

अनुसन्धानको क्रममा अभियुक्तहरुले प्रियंकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरा कुरागरेको आवाज आई घरपरिवारले थाहा पाएर हो(हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी संग बताएका छन् । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

घर परिवार र लोकलाजको कारण प्रियंकाले घर र्फकन अस्विकार गरेको अनुसंधानबाट खुलेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिनुभयो ।  यस अघि पटकपटक सारिरिक सम्वन्ध समेत रहेका अभियुक्त अनिषसँगै जान प्रियंकाले अडान लिएको खुलेको छ,’। ‘उनले अनिषले नलगे आत्म हत्या गर्छु भन्दै,खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ,’ ।

‘प्रहरीका अनुसार त्याहाँबाट हाम फदाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना छैन, । यस क्रममा अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए । प्रहरी प्रमुख प्रहरी राठौरले पत्रकार सम्मेलनमा भन्नुभयो,।’ ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थलभन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए,’ ।

प्रहरीको अनुसन्धानमा प्रियंका र अनिषको पहिलेदेखि नै सम्बन्ध रहेको समेत खुलेको छ । दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको सम्बन्ध रहेको भेटिएको छ । प्रियंकाको हत्या भएपछि स्थानियवासी र विद्यार्थी संगठनहरुले जिल्लाको विभिन्न स्थानमा विरोध प्रदर्शन समेत गर्दै आएका थिए ।

साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए । लालबनदी प्रहरी उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेको थियो । यस क्रममा प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता भएको पत्तालगाएको थियो ।

त्यसपछि प्रहरीले संकाको आधारमा गाउँकै दुई युवा १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम(उत्तर लालबन्दी ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए । प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आसंकामा अनुसन्धान थालेको थियो । प्रहरीले सोमवार साँझ अभियुक्तहरुलाई सार्वजनीक गरेको भए पनि मृतको परिवारले अझै शव बुझेका छैन्न ।


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets