Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Tuesday, August 24, 2021

 निलहिरा समाजले सर्लाहीमा गाइजात्रा मनायो



सर्लाही, ८ भदौ । निलहिरा समाजले सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार गाइजात्रा मनाएको छ ।

पहिचान नेपाल मलंगवाको सहयोगमा निलहिरा समाज सर्लाही, राइट हेयर , राइट नाउ संस्थाको आयोजनामा मलंगवमा गाईजात्रा मनाईएको   छ । 

समाजले विभिन्न कार्यक्रम गरी १८ बर्ष अघि देखि गाइजात्रा मनाउदै आएको छ । तेश्रोलिङ्गिहरु एकै ठाउमा भेला भएर अघिल्ला बर्षहरुमा मनाउने गरीएकोमा यस बर्ष कोरोना भाइरस को जोखिम रहेकाले कम संख्यामा समाजिक दुरीको पालना गरी दिवस मनाएका छन् । 

मलंगवाको जिल्ला विकास चौकमा भेला भएर समाजिक दुरी अपनाई गाईजात्रा मनाईएको निलहिरा समाज सर्लाही  कार्यक्रम संयोजक नजमा (अब्दुल सहमत)  ले  जानकारी दिएकी   छिन ।  कोरोनाका कारण मृत्यु भएका तथा तेश्रोलिंगीहरुको सम्झनामा मैनबती बालिएको उनले बताईन ।  

कार्यक्रममा निलहिरा समाजको कार्यकारी निर्देशक संजय शर्माले   तेश्रोलिंगीले संविधानमा भएको व्यवस्था अनुसार सुविधा पाउनुपर्नेमा जोड दिनुभएको थियो । गाईजात्रामा राधा मौसी लगायतको सहभागीता रहेको थियो । 

No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets