Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, August 21, 2021

सर्लाहीका क्रिकेट खेलाडी गुलशन झा राष्ट्रिय क्रिकेट टोलीमा



सर्लाही, ५ भदौ । नेपाल प्रहरीका फास्ट बलर सर्लाही निवासी गुलशन झा पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् । ओमानमा हुने आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृंखलामा झाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।

शनिबार नेपाल क्रिकेट संघले झासहित १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । क्लोज क्याम्पमा रहेका कमलसिंह ऐरी र साहब आलाम बाहिरिएका छन् । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको राष्ट्रिय टोली मंगलबार ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

सेप्टेम्बर १४ देखि २० सम्म हुने विश्वकप छनोट आधार रहेको लिग–२ प्रतियोगिता अघि नेपालले ओमानमै पपुवा न्युगिनीसँग दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।



No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets