Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Saturday, August 28, 2021

सहारा बिकास बैंकको अध्यक्षमा चौथो पटक पनि संजय गुप्ता निर्वाचित



सर्लाही, १२ भदौ । सहारा बिकास बैंक लिमिटेडको अध्यक्षमा चौथो पटक पनि सुगन्ध कुमार गुप्ता (संजय) निर्वाचित हुनुभएको छ । 

आज मलंगवाको कुुसुम पार्टी प्यालेसमा भएको वार्षिक सधारण सभाबाट गुप्ता चौथो पटक अध्यक्ष पदमा सर्वसहमतीबाट निर्वाचन प्रक्रियाद्वारा निर्वाचित हुनुभएको हो । 

संस्थापक शेयरधनीहरु समूह ‘क’ को तर्फबाट संचालक समितिको सदस्यमा सुबोध कुमार लुईटेल, ओम बहादुर थापा निर्वाचित हुनुभएको छ भने सर्वसाधारण शेयरधनीहरुको समूह ‘ख’  को तर्फबाट अस्मिता देवी अग्रवाल र प्रेम किशोर गुप्ता सर्वसहमतीले निर्वाचित हुनुभएको छ ।  

सहारा बिकास  बैंक लिमिटेडको आज भएको आठौं, नवौं र दशौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन अनुसार २०७८ असार मसान्त सम्म अधिकृत पूँजी ५० करोड, जारी तथा चुक्ता पूँजी २७ करोड २२ लाख ७० हजार ६ सय ४ रहेको छ भने कुल निक्षेप १ अर्ब १० करोड रहेको छ । त्यस्तै बेंकमो संस्थापक समूहको शेयर ५१ प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर रहेको छ । 

द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाईटी लिमिटेडका प्रबन्धक एवम् सहारा बिकास बैंका शेयर सदस्य नागेन्द्र चौधरीको  प्रमुख आतिथ्यमा भएको वार्षिक साधारण सभामा शेयर सदस्य लगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो । 

सर्लाही सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको सहारा बिकास बैंकको शाखा कार्यालयहरु जिल्लाको गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा रहेको छ । 

नेपाल राष्ट्र बैंकबाट वित्तिय कारोबार गर्न २०६७ असोज १८ गते ईजाजतपत्र प्राप्त गरेको सहारा बिकास बैंक ‘ख’ वर्गको संस्था रहेको छ । 

सहारा बिकास बैंक हाल ‘गरिमा विकास बैंक’ संग र्मज गर्ने प्रक्रियामा समेत रहेका छन् ।  




 


No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets