Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Thursday, September 02, 2021

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद कुमार साह सहित २९ जनाद्वारा लोसपाको पक्षमा सनाखत


 

सर्लाही, १७ भदौ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद कुमार साह लगायत २९ जनाप्रतिनिधिहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्नुभएका छन् ।

गापा अध्यक्ष साह, उपाध्यक्ष गितादेवी यादव लगायत २९ जना जनप्रतिनिधिले बुधवार दिउँसो जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा पुगेर लोसपाको पक्षमा सनाखत गर्नुभएको हो । सनाखत गर्न बाँकी रहेका कतिपय सदस्य बाहिर भएका कारण अर्को दिन सनाखत गर्ने  गाउँपालिका अध्यक्ष बिनोद कुमार साहले जानकारी दिनुभयो । 

 ब्रहम्पुरी गाउँपालिकामा लोसपा रोज्ने जनप्रतिनिधिहरुमा गाउँपालिका अध्यक्ष बिनोद कुमार साह, उपाध्यक्ष गितादेवी यादव, वडा नम्बर १ का वडा अध्यक्ष नगिना प्रसाद, सदस्यहरु रेखादेवी यादव, मजिद मिया, केवला देवी, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र साह, सदस्यहरु कलम हुसैन अन्सारी, रेयान्जन देवी, महानारायण ठाकुर, नजरुल मंसुर र प्रमिला देवी वडा नम्बर ३ को सदस्यहरु मन्जु कुमारी, डोमी राउत, देववती देवी सदा र काशी कापड, वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण मोहन कापड, सदस्यहरु राम विलास पासवान, चन्द्र देवी, महेशी साह तेली र चन्द्रकला देवी रहेको छ, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बाबु राय, सदस्यहरु सुरेखिया देवी, बिरेन्द्र महतो, असिया देवी र वडा नम्बर ७ का सदस्यहरु ललन साह सुडी, शैली देवी, राम सखी महतो र लालबाबु महतो रहनुभएको छ ।  

सनाखत नगर्नेमा वडा नम्बर ४ का वडा अध्यक्ष सहित ४ जना सदस्य, वडा नम्बर ३ का वडा अध्यक्ष श्याम किशोर साह र वडा नम्बर ७ का वडा अध्यक्ष रहेको छ । सनाखत नगर्नेमा वडा नम्बर ७ का वडा अध्यक्ष श्याम सुन्दर यादवमाथि बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्धादर्ता भएको छ ।      

ब्रहम्पुरी गाउँपालिकाको सात वटै वडामा तत्कालिन राजपाको तर्फबाट कार्यपालिका सदस्य समेत गरी ३८ जना निर्वाचित हुनुभएको थियो । जसमध्ये आज २९ जनाले लोसपाको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । बाँकी पालिकाहरुको बिहिवारदेखि भदौ २२ गतेसम्म गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेबाट छुटिएर बनेको एमाले समाजवादी र जसपाबाट छुटिएर बनेको लोसपा रोज्न निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई २२ भदौसम्म समय दिएको छ ।





No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets