Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Tuesday, April 04, 2023

पर्सा गाउँपालिकामा उद्यमशिलता विकास तालिम सुरु

मधेश समाचारदाता सर्लाही, २१ चैत । सर्लाहीको पर्सा गाउँपालिकाको संग्रामपुरमा आज मंगलवारदेखि लघु उदम विकास कार्यक्रम अन्तरगत उद्यमशिलता विकास तालिम सुरु भएको छ । लघु उद्यम विकास शाखा पर्सा गाउँपालिकाको आयोजनामा सुरु भएको तालिमको उद्घाटन मंगलवार गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव ‘बिस्पत’ गर्नुभयो । पर्सा–२ का वडा अध्यक्ष राकेश रामको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सतेन्द्र राय यादव, कार्यपालिका सदस्य, प्रविन रजक, सामाजसेवि अरुण मण्डल, सहजकर्ता, वन प्राविधिक, सामाजिक अगुवाहरु र महिला उदमीहरुको उपस्थिति रहेको थियो । ‘आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार’ भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्याक्रम अन्तर्गत पर्सा गाउँपालिकामा उद्यभशिलता विकास लागि व्यवसाय सचेतना तथा व्यवसाय सुरु र आर्थिक सामाजिक समावेशिकरण तालिम सुरु भएको छ । आठ दिनसम्म चल्ने उद्यमशिलता तालिममा ८० जना महिलाको सहभागीता रहेको लघु उद्यम विकास शाखा प्रमुख विमलेश रायले जानकारी दिनुभयो ।

No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets