Ads 468x60px

Scrolling

।।। रेडियो मधेश मलंगवाको अफिसियल ब्लग साईटमा तपाईंहरु सबैलाई स्वागत छ ।।।

Friday, September 03, 2021

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोद्वारा लोसपाको पक्षमा सनाखत



सर्लाही, १८ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो आज जनता समाजवादी पार्टी (जसपा) प्रत्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पक्षमा सनाखत गर्नुभएको छ । 

गाउँपालिका अध्यक्ष महतो, उपाध्यक्ष बिनादेवी साह लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य गरी १५ जनाले आज लोसपाको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यायल मलंगवा सर्लाहीले जनाएको छ । बाँकी रहेका जनप्रतिनिधि भदौ २२ गते सम्म सनाखत गर्ने गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो । 

त्यस्तै ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्याम किशोर साहले आज लोसपाको पक्षमा सनाखत गर्नुभएको छ । गएको बुधवार नै ब्रहम्पुरी गाउँपालिकाका अध्यक्ष बिनोद कुमार साह लगायत २९ जनाले लोसपाको पक्षमा सनाखत गरेको थियो । 

लोसपाको पक्षमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव र कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय बिहिवार सनाखत गर्नुभएको थियो । 

सनाखत गर्ने कार्यक्रममा आज लोसपाका संघिय सांसद एवम् पूर्वमन्त्री चन्दा चौधरी र प्रदेश सभा सदस्य उपेन्द्र महतो समेत सहभागी हुनुभएको थियो । 







No comments:

 

रेडियो मधेश एक परिचय

मलंगवामा रहेका तिन वटा रेडियो मध्येको एक रेडियो हो रेडियो मधेश । वि.स. २०६६ साल श्रावण १६ गते संचालनमा आएको मधेशका लागि संचार संस्था द्बारा संचालित यस रेडियोको Frequency ८९.३ मेगाहर्ज रहको छ । यो रेडियो एउटा सामुदायिक रेडियो हो । बिहान ५ बजे देखि राती ११ बजे सम्म संचालन हुने यस रेडियोमा प्रत्येक घण्टा विभिन्न भाषाका समाचार लगायत CIN Network को साझा खबर तथा BBC को साथै बिभिन्न प्रकारका शिक्षामुलक, चेतना मुलक मनोरंजनात्मक तथा समय सान्दर्भिक विषयमा आधारित (मधेशक बात) कार्यक्रमहरु चल्ने गर्दछन् । Continued.......

सम्पर्क गर्नुहोस्

रेडियो मधेश ८९.३ मे.ह. जिविस चौक मलंगवा सर्लाही
फोन :-
०४६–५२१३९१ समाचार ०४६–५२१३९३ स्टूडियो
०४६–५२१३९२ कार्यालय ०४६–५२१३९३ फ्याक्स
ईमेल :-
radiomadhesh@gmail.com समाचार तथा सुचना
letters.radiomadhesh@gmail.com कार्यक्रमको लागि
url :-
www.radiomadhesh.blogspot.com मलंगवा
www.malangwa.radiomadhesh.org मलंगवा
www.janakpur.radiomadhesh.org जनकपुर
www.madheshfm.blogspot.com जनकपुर
 
Blogger Wordpress Gadgets